बाजुरा– बाजुराको प्रतिनिधिसभा निर्वाचनमा एमालेका लालबहादुर थापा विजयी भएका छन्। थापा कांग्रेसका कविराज पण्डितलाई ४ हजार ३ सय ४८ मतले पछि पारेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। थापाले २८ हजार ६५ मत प्राप्त गरेका छन्। कांग्रेसका पण्डितले २३ हजार १ सय ८६ मत ल्याए।
यसअघि बाजुरा प्रदेश (ख) मा प्रकाश शाह विजयी भएका थिए। एमालेका उम्मेदवार शाह १८ हजार १ सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। उनले कांग्रेसका पदम शाहीलाई ३ हजार बढी मतले पछि पारेका हुन्। कांग्रेसका शाहीले १४ हजार ९ सय ७७ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।