भक्तपुर- भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेत प्रतिस्पर्धी उम्मेदवारभन्दा ३ सय ३८ मतान्तरले अगाडि देखिएका छन्।
जारी मतणनाको ताजा अवस्थामा बस्नेतले ६ सय ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानाको ३ सय २७ मत छ।
यस्तै, तेस्रो स्थानमा रहेकी नेमकिपाकी अनुराधा थापाको जम्मा ११ मत मात्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।