काठमाडौं– पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय टिममा तीन परिवर्तन गरेको छ। विश्वकप आगामी जेठ १६ बाट सुरु हुँदैछ।
पाकिस्तानले तिव्र गतिका बलर मोमहद अमिरलाई स्थान दिएको छ। अमिरले जुनाइद खानको स्थानमा मौका पाएका हुन्। यता वाहाव रियाज पनि पाकिस्तानी टिममा फर्किएका छन्। अलराउन्डर फहीम असरफ टिमबाट बाहिर हुँद वाहावले टिममा स्थान पाएका हुन्।
यस्तै मध्यक्रमका ब्याट्सम्यान अफिस अली पनि टिममा छन्। अलीलाई अदिब अलीको स्थानमा मौका दिइएको हो। यता लेग–स्पिनर सादब खान फिट भएका छन्। उनी इंल्यान्डविरुद्धको सिरिजमा विरामी भएका थिए।
पाकिस्तानी टिम: सर्फराज अमहेद (कप्तान), असीफ अली, बाबर अजाम, फकर जमान, हरिस सोहिल, हसन अली, इमाद वासिम, इमाम उल हक, मोहमद अमीर, मोहमद हफिज, मोहमद हस्नानिस, सादब खान, शहीन अफ्रिदी, सोइब मलिक र वाहाव रियाज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।