काठमाडौं– स्पेनिस ला लिगाको सिजनको अन्तिम खेलमा रियल म्याड्रिड पराजित भएको छ।
रियललाई आइतबार भएको खेलमा रियल बेटिसले २–० ले पराजित गर्यो। घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। दोस्रो हाफमा रियल बेटिसले २ गोल गर्यो। ६१ मिनेटमा लोरेन मोरोनले गोल गरेर बेटिसलाई अग्रता दिलाए। ७५ मिनेटमा जेसेले रियलको अग्रता दोब्बर पारे।
पछिल्लो पाँच खेलमा रियलले ३ खेलमा हार बेहोर्यो भने १ खेलमा बराबरीमा रोकियो। रियलले पछिल्लो पाँच खेलमा १ खेलमा मात्र जित निकाल्न सक्यो।
लिगमा भने रियल तेस्रो स्थानमा रह्यो। रियलले ३८ खेलबाट ६८ अंक जोड्यो। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले ७६ अंक जोड्यो। तीन खेलअघि च्याम्पियन बनेको बार्सिलोनाले अन्तिम खेलअघि ८६ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।