काठमाडौं– वायर्न म्युनिखले लगातार सातौं पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ।
वायर्नले शनिबार भएको लिगको अन्तिम चरणको खेलमा फ्रान्सफन्टलाई ५–१ गोलले पराजित गर्दै उपाधि जित्यो। वार्यनका लागि कोमनले चौथो मिनेटमा गोल गर्दा अलाबाले ५३ मिनेटमा दोस्रो गोल गरे। यस्तै रेनाटो साञ्चेजले ५८ मिनेटमा गोल गर्दा फ्रान्क रिबेरीले ७२ र अर्जेन रोबेनले ७८ मिनेटमा गोल गरे।
लिगमा वायर्नले बोरुसिया डर्टमुन्डलाई पछि पारेर उपाधि जितेको हो। अन्तिम दिन डर्टमुन्डले जित हात पारेपनि अंक तालिकामा वायर्न भन्दा २ अंकले पछि पर्यो। सिजनमा डर्टमुन्डले १ सय ७४ दिन अंक तालिकामा अग्रता लिएको थियो। विन्टर ब्रेक पनि शीर्ष स्थानमा रहेको डर्टमुन्डमाथि वायर्नले जित हात परेसँगै अंक तालिकाको स्थान फेरिएको थियो।
रिबेरी र रोबेनले वायर्नका लागि अन्तिम खेल खेलेका थिए। रिबेरी २००७ देखि लगातार १२ वर्ष वायर्नमा रहे। रिबेरीले वार्यनका लागि २७३ खेल खेल्दै ८६ गोल गरे। रोबेन २००९ मा वायर्नमा आबद्ध भए। उनले २ सय १ खेल खेलेर ९९ गोल गरे। दुवैले १५ वटा उपाधि उचाल्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।