काठमाडौं– म्यानचेस्टर सिटीले इंग्लिस क्लब इतिहासमा सिजनमा तीन उपाधि जितेर इतिहास बनाएको छ। सिटीले शनिबार राति एएफ कपको उपाधि जितेसँगै सिजनको तेस्रो उपाधि जितेको हो। सिटीले गत साता इंग्लिस प्रिमियर लिगको उपाधि जितेको थियो। त्यसअघि सिटीले इएफएल कप जित्दै सिजनको पहिलो उपाधि हात पारेको थियो।
शनिबार भएको एफए कपको फाइनल भिडन्तमा सिटीले वाटफोर्डमाथि ६–० को जित निकाल्यो। सिटीका लागि डेभिड सिल्भाले २६ मिनेटमा पहिलो गोल गरे। गाब्रियल जेससले ३६ र ६८ मिनेटमा गरी २ गोल गरे। केभिन डे ब्रुइनले ६१ मिनेटमा गोल गर्दा रहिम स्टर्लिङले ८१ र ८७ मिनेटमा गरी २ गोल थपे।
सिटीले एफए कपको उपाधिसँगै सिजनमा ५०औं जित हात पार्यो। एकै सिजनमा ५० जित हात पार्ने सिटी पहिलो इंग्लिस क्लब बन्यो। २ वटा घरेलु उपाधि जित्ने सिटी चौथो इंग्लिस क्लब बन्यो यसअघि १९९३ मा आर्सनल,२००१ मा लिभरपुल र २००७ मा चेल्सीले दुई वटा घरेलु प्रतियोगिताको उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।