• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ढल्केबर बालक हत्याकाण्ड : १३ दिन बित्दा पनि पत्ता लागेन अपराधी

साँझ परेपछि कोठामा जान डराउँछन् बालबालिका
64x64
नेपाल लाइभ शनिबार, जेठ ४, २०७६  २०:०२
1140x725

ढल्केबर- धनुषाको मिथिला नगरपालिका-६ ढल्केबरका बालबालिकाहरु केही दिनयता साँझ परेपछि घरभित्रका कोठामा समेत एक्लै जान डराउँछन्। अभिभावक पनि साँझ घाम नअस्ताउँदै घर फर्किन थालेका छन्। विद्यालय सकेर आफ्नो बालबालिका घर पुगे/पुगेनन् भनेर सोधीखोजी गर्न थालेका छन् जनकपुरतिरका अभिभावक। 

यस्तो अवस्थाले जनकपुरका मात्र होइन, आसपासका बालबालिकादेखि अभिभावकसम्मलाई चिन्तित बनाएको छ। ढल्केबरका शिक्षक बद्रीविक्रम बानियाँले भने, ‘वैशाख २४ गते साढे दुई वर्षीय बालक आर्यन साहको अपहरणपछि हत्या भएको घटनाले सिंगो नगरवासी नै भयभित छन्।

हामीहरु अबेरसम्म ढल्केबर चोकमा बिताउने गरेका थियौं। सो घटनापश्चात् घाम नअस्ताउँदै घर फर्किन्छौं,’उनले भने, ‘विद्यालय बिदा हुने बेला नानीहरुलाई लिन अभिभावकहरु विद्यालय पुग्ने गरेका छन्। यसअघि निकै न्यून मात्रामा, त्यो पनि निकै साना नानीहरुलाई लिन अभिभाव पुग्ने गर्दथे।’

बालबालिकालाई प्रायः एक्लै छोड्दैनन् अभिभावक। बालबालिकाहरु पनि अहिले घर आँगनदेखि टाढा निस्किदैनन्, खेल्न पनि। 

‘वैशाख २४ गते बालकको अपहरणपछि हत्या भएको घटनाले नगरवासी भयभित छन्,' शिक्षक बानियाँले भने, 'हामी अहिले घाम नअस्ताउँदै घर फर्कन थालेका छौं। घर नपुगे बालबालिका आत्तिन्छन्।’

यो घटनाले धनुषा वरपरका बालबालिकामाथि मनोवैज्ञानिक असर परेको छ। समाजमा बढ्दै गरेको असुरक्षाले बालबालिकाका साथै स्थानीय पनि भयभित छन्। 

-000-

वैशाख २३ गते ५ बजेसम्म घर अगाडि आँगनमा खेलिरहेका आर्यनलाई अपहरण गरेर लगेको थियो। साँझ खोज्दा बालक नभेटिएपछि गाउँभर हल्लाखल्ला मच्चियो। गाउँले जम्मा भएर चारैतिर खोजतलास गरे।

Ncell 2
Ncell 2
nimb
nimb

इलाका प्रहरी कार्यालय ढल्केबरलाई जानकारी गराए पनि अबेर रातीसम्म प्रहरीसहितको टोलीले खोजतलास गरे। तर बच्चा कतै भेटिएन। भोलिपल्ट बिहानै गाउँले बालक खोज्न निस्किए। 

-000-

भोलिपल्ट बिहान बालक त भेटिए, तर मृत अवस्थामा। घर पछाडि करिब ५० मिटर पर रहेको खेतको झाडीमा आर्यनको घाँटी रेटेको अवस्थामा शव फेला पर्‍यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटनाको आज १३ दिन बित्यो। तर अपराधी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। 

तर परिवारमा पीडा उतिकै छ। 'समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ,’ मृतक आर्यनका काका सञ्जय साहले भने, ‘निर्दोष बालबालिकाको हत्या किन भयो, यो कुरा बुझ्न सकेको छैन।’

प्रदेश २ का कानुनमन्त्री यादवले भेटे पीडित परिवार
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले शनिबार मृतक बालकका परिवारसँग भेट गरेका छन्। कानुनमन्त्री यादवले घटनामा संलग्न जो सुकै भएपनि , जहाँ भएपनि कानुनी कारबाही हुने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे। 

‘सानो बालकको हत्या निकै दुःखदायी छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। सबै सम्भावित एंगलबाट अनुसन्धान थालिएको छ,' कानुनमन्त्री यादवले भने, 'अपराधीलाई जहाँबाट भएपनि खोजेर हदैसम्मको कारबाही हुन्छ।’ 

मन्त्री यादवले पीडित परिवारलाई न्याय दिलाउन प्रदेश सरकार र आफूले सबैको किसिमको सहयोग गर्न तयार रहेको बताए। 

अधिकारकर्मीको स्थलगत अनुगमन
मानव अधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले समेत घटनाको स्थलगत अनुगमन तथा अनुसन्धान प्रक्रियाबारे जानकारी लिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवाल, इन्सेक महोत्तरी प्रतिनिधि अजय साह, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा सहितको टोलीले शनिबार घटनास्थलको स्थलगत अनुगमन गरेको छ। सो टोलीले अनुसन्धान प्रक्रियाबारे इलाका प्रहरी कार्यालय ढल्केबरसँग जानकारीसमेत लिएको छ। 

टोलीले पीडित परिवारसँग भेटघाट गरी पीडितलाई न्याय दिलाउन सहयोग गर्ने बताएको थियो। 

अनुसन्धानमा स्थानीयले असहयोग गरे : प्रहरी
इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक सरोज राईले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। अनुसन्धानका क्रममा केही व्यक्तिलाई हिरासतमा लिई सुक्ष्म अनुसन्धान थालेको जानकारी दिए। ‘घटना घटेको टोलमा पीडित परिवारलाई एक्लो पार्ने प्रयास भइरहेको छ।

पीडित परिवार एक्लो ‘साह’ समुदायको भएको र बाँकी सबै टोलबासी ‘महतो’ समुदायको भएको हुँदा अनुसन्धानमा स्थानीयको सहयोग कम छ,' निरीक्षक राईले भने,  'नियन्त्रणमा लिइएकाहरु ‘महतो’ समुदायका भएकोले उनीहरुले नियतबस बताउन चाहँदैनन्। यसले अनुसन्धानलाई प्रभावित पारिरहेको छ।’

अपराधीलाई संरक्षण नगर्न र घटनाबारे कसैले केही देखेको, सुनेको भएपनि प्रहरीलाई सहयोग गर्न निरीक्षक राईले आग्रह गरे। ‘यत्रो घटना हुँदा बस्तीमा पक्कै पनि कसैले केही न केही 'क्लु' दिन सक्थ्यो। तर स्थानीयहरु केही पनि बोल्न मान्दैनन्। यद्यपि हामी अनुसन्धान गर्दैछौं, दोषीलाई कानुनी परिधिमा ल्याएर छोड्छौं।’ प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताइरहेको छ। 

-000-

घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा पर्छ। छोराले ‘माई (आमा)’ भनेर बोलाउने तोतेबोली रेनुको मानसपटलमा ताजै छ। छोरालाई अन्तिम पटक दालभात खुवाएर खेतमा घाँस काट्न गएको बताउँदै मृतक बालककी आमा ३५ वर्षीया रेनु साहले भनिन्, 'छोराले तोतेबोलीमा ‘माई' (आमा) भनेर बोलाउने स्वर दिमागमा ताजै छ। 'माई हम यतै खेलैछी, तु खेत जो, (अर्थात् आमा म यहीँ खेल्छु, तपाई खेतमा जानुहोस्)। भनेको अन्तिम वाक्य मेरो कानमा गुन्जिरहन्छ।' 

रेनुको अर्धचेत अवस्थामा छिन्। राजाबाबु मलाई छोडेर कहाँ गयो भन्दै रुदै कराउँदै बेलाबेला मुर्छा पर्छिन्।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका मृतकका बाबु शम्भु साह पनि शनिबार नै घर आइपुगेका छन्। उनले आफूले छोराको बोलीसमेत सुन्न नपाई गुमाउनु परेको पीडा कसरी व्यक्त गरुँ भन्दै बिलौना गरे। घटनाबारे खबर प्राप्त भएपछि तत्काल आउन खोजेका थिए उनी। तर पासपोर्टको म्याद सकेर दूतावासमा निवेदन दिएका थिए। पासपोर्ट हातमा नहुँदा आउन ढिला भयो। 

मृतक बालककी १२ वर्षीया दिदी अर्चना साहका दिन पनि रोएरै बित्न थालेको १३ दिन पुगिसकेको छ। ‘आब हम केकरा भाइ कहबै, हम केकरा जोरो खेल्बै (अर्थात् अब कसलाई भाई भन्ने? कोसँग खेल्ने) भन्दै रोएर बसेकी छिन्।

बालककी हजुरआमाको अवस्था पनि दयनीय छ। ‘हमर जिगर के टुकडा केकरा कथी बिगार करले छलै, ओते छोट्का बच्चाले केना माइर देलकै (अर्थात् पापीहरूले बाबुको हत्या कसरी गरे होलान्) भन्दै भक्कानिएर रोइरहेकी छन्।

निरन्तरका बालहिंसा 
घनुषामा बालबालिकामाथिको हिंसाले निरन्तर उग्र रुप लिँदै आएको छ। केही महिनाअघि एक बालिकालाई बलात्कार पश्चात् ज्युदै जलाएर हत्या भएको थियो। त्यस पछि पनि २/३ जना बालिकाहरु बलात्कार सिकार भए। अहिले अबोध दुधे बालकको हत्याले चौतर्फी रुपमा राज्य माथि प्रश्न उठ्न थालेको छ।  

एकातिर प्रदेश २ सरकारले 'बेटी पढाउ, बेटी बचाऊ' अभियान संचालन गरेको छ भने अर्कातिर बालबालिकालाई सुरक्षा दिन सरकार चुकेको छ। एकपछि अर्को हिंसात्मक घटनामा ज्यान गुमाउनु परेको अवस्थाले सरकारको चुस्तता चुनौतीमा परेको छ। 

तर स्थानीयहरु दोषी पत्ता लाग्नेमा विश्वस्त छन्। प्रहरी प्रशासनले घटनाका दोषी पक्राउ गरेर कहिले सार्वजनिक गर्ला भनेर आम मानिस प्रतीक्षामा छन्।

यो पनि पढ्नुहोस्
शोकमा ढल्केबर : 'संसार राम्रोसँग देख्न नपाउँदै पापीले निमोठेर चुँडाइदिए'

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
सम्बन्धित सामग्री
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ दशैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने, तर दशैंको मासुको लागि भनेर छुट्टै बजेट नआउने भएकाले प्रहरीलाई दशैंको लागि मासुको जोहो गर्ने चिन्... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्