• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ढल्केबर बालक हत्याकाण्ड : १३ दिन बित्दा पनि पत्ता लागेन अपराधी

साँझ परेपछि कोठामा जान डराउँछन् बालबालिका
64x64
नेपाल लाइभ शनिबार, जेठ ४, २०७६  २०:०२
1140x725

ढल्केबर- धनुषाको मिथिला नगरपालिका-६ ढल्केबरका बालबालिकाहरु केही दिनयता साँझ परेपछि घरभित्रका कोठामा समेत एक्लै जान डराउँछन्। अभिभावक पनि साँझ घाम नअस्ताउँदै घर फर्किन थालेका छन्। विद्यालय सकेर आफ्नो बालबालिका घर पुगे/पुगेनन् भनेर सोधीखोजी गर्न थालेका छन् जनकपुरतिरका अभिभावक। 

यस्तो अवस्थाले जनकपुरका मात्र होइन, आसपासका बालबालिकादेखि अभिभावकसम्मलाई चिन्तित बनाएको छ। ढल्केबरका शिक्षक बद्रीविक्रम बानियाँले भने, ‘वैशाख २४ गते साढे दुई वर्षीय बालक आर्यन साहको अपहरणपछि हत्या भएको घटनाले सिंगो नगरवासी नै भयभित छन्।

हामीहरु अबेरसम्म ढल्केबर चोकमा बिताउने गरेका थियौं। सो घटनापश्चात् घाम नअस्ताउँदै घर फर्किन्छौं,’उनले भने, ‘विद्यालय बिदा हुने बेला नानीहरुलाई लिन अभिभावकहरु विद्यालय पुग्ने गरेका छन्। यसअघि निकै न्यून मात्रामा, त्यो पनि निकै साना नानीहरुलाई लिन अभिभाव पुग्ने गर्दथे।’

बालबालिकालाई प्रायः एक्लै छोड्दैनन् अभिभावक। बालबालिकाहरु पनि अहिले घर आँगनदेखि टाढा निस्किदैनन्, खेल्न पनि। 

‘वैशाख २४ गते बालकको अपहरणपछि हत्या भएको घटनाले नगरवासी भयभित छन्,' शिक्षक बानियाँले भने, 'हामी अहिले घाम नअस्ताउँदै घर फर्कन थालेका छौं। घर नपुगे बालबालिका आत्तिन्छन्।’

यो घटनाले धनुषा वरपरका बालबालिकामाथि मनोवैज्ञानिक असर परेको छ। समाजमा बढ्दै गरेको असुरक्षाले बालबालिकाका साथै स्थानीय पनि भयभित छन्। 

-000-

वैशाख २३ गते ५ बजेसम्म घर अगाडि आँगनमा खेलिरहेका आर्यनलाई अपहरण गरेर लगेको थियो। साँझ खोज्दा बालक नभेटिएपछि गाउँभर हल्लाखल्ला मच्चियो। गाउँले जम्मा भएर चारैतिर खोजतलास गरे।

nimb
nimb
Ncell 2
Ncell 2

इलाका प्रहरी कार्यालय ढल्केबरलाई जानकारी गराए पनि अबेर रातीसम्म प्रहरीसहितको टोलीले खोजतलास गरे। तर बच्चा कतै भेटिएन। भोलिपल्ट बिहानै गाउँले बालक खोज्न निस्किए। 

-000-

भोलिपल्ट बिहान बालक त भेटिए, तर मृत अवस्थामा। घर पछाडि करिब ५० मिटर पर रहेको खेतको झाडीमा आर्यनको घाँटी रेटेको अवस्थामा शव फेला पर्‍यो। 

घटनाको आज १३ दिन बित्यो। तर अपराधी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। 

तर परिवारमा पीडा उतिकै छ। 'समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ,’ मृतक आर्यनका काका सञ्जय साहले भने, ‘निर्दोष बालबालिकाको हत्या किन भयो, यो कुरा बुझ्न सकेको छैन।’

प्रदेश २ का कानुनमन्त्री यादवले भेटे पीडित परिवार
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले शनिबार मृतक बालकका परिवारसँग भेट गरेका छन्। कानुनमन्त्री यादवले घटनामा संलग्न जो सुकै भएपनि , जहाँ भएपनि कानुनी कारबाही हुने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे। 

‘सानो बालकको हत्या निकै दुःखदायी छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। सबै सम्भावित एंगलबाट अनुसन्धान थालिएको छ,' कानुनमन्त्री यादवले भने, 'अपराधीलाई जहाँबाट भएपनि खोजेर हदैसम्मको कारबाही हुन्छ।’ 

मन्त्री यादवले पीडित परिवारलाई न्याय दिलाउन प्रदेश सरकार र आफूले सबैको किसिमको सहयोग गर्न तयार रहेको बताए। 

अधिकारकर्मीको स्थलगत अनुगमन
मानव अधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुले समेत घटनाको स्थलगत अनुगमन तथा अनुसन्धान प्रक्रियाबारे जानकारी लिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ का संयोजक राजु पासवाल, इन्सेक महोत्तरी प्रतिनिधि अजय साह, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा सहितको टोलीले शनिबार घटनास्थलको स्थलगत अनुगमन गरेको छ। सो टोलीले अनुसन्धान प्रक्रियाबारे इलाका प्रहरी कार्यालय ढल्केबरसँग जानकारीसमेत लिएको छ। 

टोलीले पीडित परिवारसँग भेटघाट गरी पीडितलाई न्याय दिलाउन सहयोग गर्ने बताएको थियो। 

अनुसन्धानमा स्थानीयले असहयोग गरे : प्रहरी
इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक सरोज राईले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। अनुसन्धानका क्रममा केही व्यक्तिलाई हिरासतमा लिई सुक्ष्म अनुसन्धान थालेको जानकारी दिए। ‘घटना घटेको टोलमा पीडित परिवारलाई एक्लो पार्ने प्रयास भइरहेको छ।

पीडित परिवार एक्लो ‘साह’ समुदायको भएको र बाँकी सबै टोलबासी ‘महतो’ समुदायको भएको हुँदा अनुसन्धानमा स्थानीयको सहयोग कम छ,' निरीक्षक राईले भने,  'नियन्त्रणमा लिइएकाहरु ‘महतो’ समुदायका भएकोले उनीहरुले नियतबस बताउन चाहँदैनन्। यसले अनुसन्धानलाई प्रभावित पारिरहेको छ।’

अपराधीलाई संरक्षण नगर्न र घटनाबारे कसैले केही देखेको, सुनेको भएपनि प्रहरीलाई सहयोग गर्न निरीक्षक राईले आग्रह गरे। ‘यत्रो घटना हुँदा बस्तीमा पक्कै पनि कसैले केही न केही 'क्लु' दिन सक्थ्यो। तर स्थानीयहरु केही पनि बोल्न मान्दैनन्। यद्यपि हामी अनुसन्धान गर्दैछौं, दोषीलाई कानुनी परिधिमा ल्याएर छोड्छौं।’ प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताइरहेको छ। 

-000-

घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा पर्छ। छोराले ‘माई (आमा)’ भनेर बोलाउने तोतेबोली रेनुको मानसपटलमा ताजै छ। छोरालाई अन्तिम पटक दालभात खुवाएर खेतमा घाँस काट्न गएको बताउँदै मृतक बालककी आमा ३५ वर्षीया रेनु साहले भनिन्, 'छोराले तोतेबोलीमा ‘माई' (आमा) भनेर बोलाउने स्वर दिमागमा ताजै छ। 'माई हम यतै खेलैछी, तु खेत जो, (अर्थात् आमा म यहीँ खेल्छु, तपाई खेतमा जानुहोस्)। भनेको अन्तिम वाक्य मेरो कानमा गुन्जिरहन्छ।' 

रेनुको अर्धचेत अवस्थामा छिन्। राजाबाबु मलाई छोडेर कहाँ गयो भन्दै रुदै कराउँदै बेलाबेला मुर्छा पर्छिन्।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका मृतकका बाबु शम्भु साह पनि शनिबार नै घर आइपुगेका छन्। उनले आफूले छोराको बोलीसमेत सुन्न नपाई गुमाउनु परेको पीडा कसरी व्यक्त गरुँ भन्दै बिलौना गरे। घटनाबारे खबर प्राप्त भएपछि तत्काल आउन खोजेका थिए उनी। तर पासपोर्टको म्याद सकेर दूतावासमा निवेदन दिएका थिए। पासपोर्ट हातमा नहुँदा आउन ढिला भयो। 

मृतक बालककी १२ वर्षीया दिदी अर्चना साहका दिन पनि रोएरै बित्न थालेको १३ दिन पुगिसकेको छ। ‘आब हम केकरा भाइ कहबै, हम केकरा जोरो खेल्बै (अर्थात् अब कसलाई भाई भन्ने? कोसँग खेल्ने) भन्दै रोएर बसेकी छिन्।

बालककी हजुरआमाको अवस्था पनि दयनीय छ। ‘हमर जिगर के टुकडा केकरा कथी बिगार करले छलै, ओते छोट्का बच्चाले केना माइर देलकै (अर्थात् पापीहरूले बाबुको हत्या कसरी गरे होलान्) भन्दै भक्कानिएर रोइरहेकी छन्।

निरन्तरका बालहिंसा 
घनुषामा बालबालिकामाथिको हिंसाले निरन्तर उग्र रुप लिँदै आएको छ। केही महिनाअघि एक बालिकालाई बलात्कार पश्चात् ज्युदै जलाएर हत्या भएको थियो। त्यस पछि पनि २/३ जना बालिकाहरु बलात्कार सिकार भए। अहिले अबोध दुधे बालकको हत्याले चौतर्फी रुपमा राज्य माथि प्रश्न उठ्न थालेको छ।  

एकातिर प्रदेश २ सरकारले 'बेटी पढाउ, बेटी बचाऊ' अभियान संचालन गरेको छ भने अर्कातिर बालबालिकालाई सुरक्षा दिन सरकार चुकेको छ। एकपछि अर्को हिंसात्मक घटनामा ज्यान गुमाउनु परेको अवस्थाले सरकारको चुस्तता चुनौतीमा परेको छ। 

तर स्थानीयहरु दोषी पत्ता लाग्नेमा विश्वस्त छन्। प्रहरी प्रशासनले घटनाका दोषी पक्राउ गरेर कहिले सार्वजनिक गर्ला भनेर आम मानिस प्रतीक्षामा छन्।

यो पनि पढ्नुहोस्
शोकमा ढल्केबर : 'संसार राम्रोसँग देख्न नपाउँदै पापीले निमोठेर चुँडाइदिए'

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध
सम्बन्धित सामग्री
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ पैँयुटार बस्ने 'नेपाली ब्रो' भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका... शनिबार, जेठ २३, २०८३
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ निवासी ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। हाल उनी काठमाडौँको वनस्थलीमा बसोबास गर्दै आए... मंगलबार, जेठ १९, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् शव दमक नगरपालिका-८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलाको कि... सोमबार, जेठ १८, २०८३
ताजा समाचारसबै
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सोमबार, जेठ २५, २०८३
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध सोमबार, जेठ २५, २०८३
भारत भ्रमणपछि रवि लामिछानेद्वारा दलहरूलाई ब्रिफिङ, परिपक्व कूटनीतिक व्यवहारको सुझाव सोमबार, जेठ २५, २०८३
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्