• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शोकमा ढल्केबर : 'संसार राम्रोसँग देख्न नपाउँदै पापीले निमोठेर चुँडाइदिए'

64x64
नेपाल लाइभ बुधबार, वैशाख २५, २०७६  २१:२५
1140x725

जनकपुर- धनुषाको मिथिला नगरपालिकाको मुख्य बजार केन्द्र ढल्केबर यतिबेला शोकमा डुबेको छ। ढल्केबरका चोक-चोकदेखि चिया पसलमासमेत बालकको हत्याबारे कुरा हुन्छ। 

‘बच्चाको घाँटी रेटेर हत्या गर्ने कस्तो निर्दयी पापी होला,' प्रायः सबैका मुखबाट यतिबेला यही विलौना सुनिन्छ।

अतालिएको छ, ढल्केबर। 

पछिल्लो पटक प्रदेश–२ को धनुषा सहितका जिल्लाहरूमा बालबालिकामाथि भइरहेको हिंसाले स्थानीयहरू भयभित छन्। उनीहरू आक्रोशित छन्।

मृतक बालकका आमा ३५ वर्षीया रेनु साह मुर्छित् छिन्।

मेरो राजाबाबु मलाई छोडेर कहाँ गयौ अर्थात् ‘हमर राजाबाबु हमरा छोइर के कत चैयल गेलै,’ भन्दै भक्कानिन्छिन्। 

मृतक बालकको १२ वर्षीया दिदी अर्चना साहले ‘आब हम केकरा भाइ कहबै, हम केकरा जोरो खेल्बै’ अर्थात् अब कसलाई भाई भन्ने, कोसँग खेल्नेु भन्दै रोएर बसेकी छन्।

nimb
nimb
Ncell 2
Ncell 2

बालककी हजुरआमाले ‘हमर जिगर के टुकडा केकरा कथी बिगार करले छलै, ओते छोट्का बच्चाले केना माइर देलकै।’ अर्थात् पापीहरूले त्यति सानो बाबुको हत्या कसरी गर्न सके?

छोराले ‘माई' भनेर बोलाउने तोतेबोली रेनुको मानसपटलमा ताजै छ। 

मृतकका बाबु शम्भु साह वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन्।

सोमबार साँझ गाउँबाटै अपहरणमा परेका अढाई वर्षीय बालक आर्यन साहको घाँटी रेटी हत्या गरेर बगैंचामा फालेको अवस्थामा शव भेटिएको थियो।

‘बालकलाई हामीले जिउँदै फेला पार्न हराएको बेलादेखि नै खोजिरह्यौं,' जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइरालाले भने, ‘तर मंगलबार बिहान एकाएक घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटियो।’ 

पछाडिबाट घाँटी रेटिएको अवस्थामा बालकको शव भेटिएको हो।

प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा छ।

अबोध बालकको हत्याले ढल्केबर शोकमा डुबेको छ। मंगलबार छिमेकीसमेतका चुलोमा आगो बलेन।

‘समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ,' मृतक आर्यनका काका सञ्जय साहले भने, ‘समाजमा हिजोआज के भइरहेको छ, बुझ्न सकिएन।’

अपराधी पत्ता लगाउन विद्यार्थीको दबाब र्‍याली
हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउन प्रहरीलाई दबाबस्वरुप मिथिला नगरपालिकाका निजी विद्यालयका विद्यार्थी तथा मिथिला नगरपालिका प्याब्सनले ढल्केबरमा बुधबार शान्तिपूर्ण दबाब र्‍याली प्रदर्शन गरेका छन्। 

'आर्यन साहलाई न्याय दिलाऊ, हत्या हिंसा बन्द गर, अपराधीलाई कारबाही गर' जस्ता प्लेकार्ड तथा ब्यानर बोकेर विद्यार्थीले नगर परिक्रमा गरेका थिए।

र्‍यालीमा मिथिला नगरपालिकाका विनायक इङलिस बोर्डिङ स्कुल, चिल्ड्रेन गार्डेन इ बो स्कुल, ढल्केबर एकेडेमी ढल्केबर र न्यू होराइजन इ बो स्कुल बेंगाडाबर लगायतका सयौं विद्यार्थीहरू सहभागी थिए। 

र्‍याली पश्चात आयोजित कोणसभामा वक्ताहरूले बिभत्स तरिकाले हत्या गरिएका आर्यनको हत्यारालाई अबिलम्व पक्राउ गरी हदैसम्मको कारबाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेका थिए। 

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्माले अबोध बालक आर्यनको हत्याले कानुनको ठाडो रुपले उपहास गरेको बताउँदै क्रुरुरतापूर्वक अमानवीय हत्याले प्रहरी प्रशासनलाई चुनौती दिएको बताए। 

उनले हत्याका विरुद्धमा संगठित भएर दबाब सिर्जना गर्न अगुवाइ गरिरहेका विद्यालयलाई धन्यवाद दिँदै सुरक्षा निकायका प्रतिनिधि, अनुसन्धानमा खटिएका सदस्यहरूलाई हत्यामा संलग्नलाई अबिलम्ब खोजतलास गरी कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन माग गरे। 

यस्तै, मिथिला नगरपालिकाका उपमेयर तारा बस्नेतले बालबालिकाको बढ्दो हत्या हिंसाले देशको अवस्थालाई कुन ढंगबाट लैजान लागेको बताइन्। 

'हत्याको कारण दुश्मनी'
इलाका प्रहरी कार्यालय ढल्केबरका टोली र गाउँलेले रातभर बालकको खोजी गरेका थिए। तर, बिहान आफ्नै घरपछाडिको बगैंचामा हजुरबुबा पीताम्बर साहले नातिको शव देखेका थिए।

पीताम्बरले भने, ‘एक वर्षअघि हाम्रो परिवारमाथि छिमेकीका छोराले बलात्कार गरेका थिए। त्यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी हालेका थियौं। घटनाका दोषी जेलमा छन्। त्यसबेलादेखि छिमेकीसँग दुश्मनी भएको थियो,’ पीताम्बरले भने, ‘छिमेकीले भनेको नमान्दा उनले भनेका थिए कि एकदिन बदला लिएर छोड्छौं।’ 

नातिको हत्या बदलाको भावनाले गरेको  हुनसक्ने आशंका उनमा छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी कोइराला नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इन्स्पेक्टर सरोज रायले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित सोमबार, जेठ २५, २०८३
‘प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो भनाइ सच्याउनुपर्छ’- हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सोमबार, जेठ २५, २०८३
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सोमबार, जेठ २५, २०८३
सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्