काठमाडौं- सरकारले हालै जारी गरेको सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ।
स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी नियमावली संशोधन भएको भन्दै महासंघले आपत्ति जनाएको हो।
महासंघ लगायत यससँग प्रत्यक्ष संलग्न सरोकारवाला निकायको राय-सुझाव बेवास्ता गर्दै जारी भएको नियमावलीका केही बुँदाले स्वदेशी व्यवसायीलाई पेशाबाटै विस्थापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने महासंघको धारणा छ।
सरकार आफैंले तय गरेको 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई साकार रुप दिन र उक्त नारालाई सार्थक बनाउन पूर्वाधार निर्माण महत्वपूर्ण हुने विज्ञप्तिमा जनाइएको छ।
'उक्त नियमावली अनुसार चल्दा कुनै पनि टेन्डर हाल्न समेत नमिल्ने र विकास निर्माणका कार्य ठप्प हुने परिस्थिति सिर्जना भएको उल्लेख गरेको छ,’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
सरोकारवालाहरुसँगको छलफलपछि अव्यवहारिक तथा अवैज्ञानिक रुपमा आएका नियमावलीका केही बुँदाहरुको विरोधमा महासंघ आन्दोलनमा जान बाध्य हुन सक्नेसमेत विज्ञप्तिमा जनाइएको छं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।