काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियन्सिप अन्तर्गत सातौं चरणको दोस्रो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि घरेलु टिम युएईले आबुधावीको शेख जायेद रंगशाला पहिले ब्याटिङ गरिरहेको छ।
लाइभ टेक्स्टका लागि यहाँ क्लिक गर्नुहोस् ।
नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाललाई युएईले ७ विकेटले पराजित गरेको थियो।
डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ मा शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।