जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले किसानहरुलाई कृषि उद्यम गर्नको लागि सहज र सरल तरिकाले ऋण उपलब्ध गराउनुपर्ने बताएका छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित मुख्य बजार केन्द्र महेन्द्रनगरमा आजदेखि सञ्चालन भएको कृषि विकास बैंकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ कृषि पेसामा आधारित रहेकाले किसानहरुलाई सहजरुपमा सेवा प्रवाह गर्न आग्रह गरे।
मुख्यमन्त्री राउतले किसानहरुको आशा तथा भारोसाको केन्द्रसमेत कृषि विकास बैंक रहेको भन्दै उनले बैंकले उत्पादनमा किसानहरुलाई सहुलियत दरको ऋण बढी भन्दा बढी उपलब्ध गराई कृषि उद्यमी सृजना गर्नमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।
उनले कृषि क्षेत्रको प्रवर्द्धन गर्दै प्रदेश २ को विकास गर्न सकिने भएको हुँदा पुँजीको अभावमा किसानहरुले आधुनिक कृषिमा लगानी गर्न असमर्थ भएकोले त्यस्ता किसानहरुमा लगानी गर्नलाई बैंकले भूमिका खेल्नुपर्नेमा जोड दिए।
कृषि विकास बैंक क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिशचन्द्र यादवले बैंकले नुनदेखि सुनसम्ममा सरल र सहज तरिकाले सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।