भैरहवा- प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले 'भाइरस' लागेको पत्रकारितालाई तह लगाउन मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन्।
मख्यमन्त्री पाेखरेलले उनले मिडिया क्षेत्रमा समेत 'भाइरस' रहेको हुँदा यसलाई हटाउने विधेयकले 'एन्टी-भाइरस'को काम गर्ने दाबी गरे। उनले 'एन्टी-भाइरस' बिना बस्न पाउने माग गर्नु भनेको स्वतन्तत्रा नभई अराजकता भएको टिप्पणी गरे।
'लुम्बिनी भ्रमण वर्ष २०७६' को अवसर पारेर नेपाल फोटो पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पोखरेलले यस प्रदेश ५ का १० वटा क्षेत्रलाई बुद्धकालीन सम्पदाको रुपमा राखी त्यसको विकासमा जोड दिएको जानकारी दिए। ती १० मध्ये पनि अधिकांश कपिलवस्तुमा रहेकोले यस क्षेत्रलाई खुल्ला संग्रहालयको रुपमा विकसित गर्ने प्रदेश सरकारको योजना रहेको पोखरेलकाे भनाइ छ।
साे राष्ट्रिय भेलामा विभिन्न सञ्चारमाध्यममा फोटो पत्रकारिता तथा क्यामरापर्सनकाे रुपमा काम गर्ने देशभरिका १ सय ५० फोटो पत्रकारहरुको सहभागीता रहेको छ।
बुद्ध जयन्तीको अवसर पारी फोटो पत्रकार महासंघले तयार गरेको लुम्बिनीसहित प्रदेश ५ का पर्यटकिय सम्भावना रहेका क्षेत्रहरुको तस्बिरको प्रदर्शनीसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।