काठमाडाैं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा लिटरमा १ रूपैयाँ घटाइएको आयोग प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।
नयाँ निर्धारित मूल्यअनुसार पेट्रोलको प्रतिलिटर अब १ सय ९ रुपैयाँ ५० पैसा कायम हुनेछ। डिजेल/मट्टितेलको नयाँ मूल्य भने प्रतिलिटर ९७ रूपैयाँ कायम गरिएको छ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने घटाइएकाे छैन।
प्रवक्ता गोइतका अनुासर भारतीय आयल कर्पोरेसनले मे १६, २०१९ बाट मूल्य समायाेजन गर्दै नयाँ मूल्यसहितकाे पत्र पठाएकाे थियाे। भारतीय आयल कर्पाेरेसनले मूल्य घटाएकाेले नेपालमा पनि पेट्रोलियम पदार्थकाे मूल्य समायाेजन गरिएकाे गोइतले जानकारी दिए।
घटेकाे मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।