जनकपुर- जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्षले एक टेलर्स मास्टरलाइ हातपात गरेको भन्दै टेलर्स व्यवसायीहरुले उपमहानगर परिसर अघि प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको क्रममा नगरपालिकाका कर्मचारी र प्रदर्शनकारी टेलर्स व्यवसायीबीच झडप समेत भएको छ। झडपमा परि अरमान दर्जी घाइते भएका छन्।
ग्रिन टेलर्सका सञ्चालक मोहम्मद असलमलाई वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले हातपात गरेको भन्दै स्थानीय टेलर्स व्यवसायी तथा सिलाई-कटाई कालिगढहरु उपमहानगर परिसरमा नाराबाजीमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएका व्यापारीहरुले तत्काल वडाध्यक्ष साह र उपमेयर झालाई पक्राउ गरी छानबिनकाे माग गरेका छन्।
यता उपमहानगर कार्यालयले भने सरसफाइकाे विषयलाई लिएर उपमेयर रीता मिश्र सम्झाउन जाँदा उनीमाथि ग्रिन टेलरका मास्टरले अपशब्द बाेलेपछि उपमेयरसँगै रहेका वडाध्यक्ष साहले धक्का दिएकाे जनाएकाे छ। त्यसपछि घटनाले उग्ररुप लिएकाे थियाे।
सिलाइकटाइ गर्ने मास्टरहरुले अहिले जनकपुरकाे उपमहानगर कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। अहिले नगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएकाे छ।
घटनालाई लिएर जनकपुर उद्याेग वाणिज्य संघले अग्रसरता लिँदै त्रिपक्षीय छलफल सुरु भएकाे बताइएकाे छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।