काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँगकाे पहिलाे चरणकाे वार्ता सकारात्मक रहेकाे जनाएकाे छ। राप्रपाकाे आज बसेकाे विशेष बैठकले दाेस्राे चरणकाे वार्ताका लागि वार्ता समितिलाई निर्देशन दिएकाे छ।
राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेकाे विशेष बैठकले सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथासिघ्र दोश्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको पार्टी प्रवक्ता भुवन पाठक जानकारी दिए।
प्रवक्ता हाे।
बैठकमा राप्रपा र नेपाल सरकार बीचको वार्ताको सम्बन्धमा पार्टीका वरिष्ठ नेता दिपक बोहराले जानकारी गराएका थिए।
जनसंघर्षको पहिलो चरणको समीक्षा र दोश्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले प्रतिवेदनमाथि विस्तृत छलफल र समिक्षा गरेकाे साे बैठकमा प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान संगठनात्मक स्वरुप र भावि कार्ययोजनाका बारेमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।