काठमाडौं– नेपाली सेनाको हेलिकाेप्टमार्फत लुम्बिनीको तिलौराकोटतर्फ लागेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकाेप्टर चितवनको भरतपुरमा ल्यान्ड गरिएको छ।
खराब मौसमका कारण ४ बजेर २० मिनेटमा प्रधानमन्त्री चढेको हेलिकप्टर भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा आकस्मिक अवतरण गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।
माैसममा सुधार आएपछि प्रधानमन्त्री ओली सवार हेलिकोप्टर अहिले तिलौराकोटतर्फ उडिसकेकाे पाण्डेले बताए।
प्रधानमन्त्री ओली शनिबार प्रदेश ५ सरकारले आयाेजना गर्न लागेकाे 'लुम्बिनी भ्रमण वर्ष, २०७६' काे उद्घाटन कार्यक्रममा सहभागी हुन साेतर्फ लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।