काठमाडाैं- नेपाली कांग्रेसले काठमाडाैंसहित देशका विभिन्न स्थानमा मेलाकाे आयाेजना गर्ने भएकाे छ। ‘नेपाली कांग्रेस मेला’ नाम दिइएकाे सो कार्यक्रम पार्टीको राष्ट्रिय जागरण अभियानसँगै समन्वय हुने गरी सञ्चालन हुने बताइएकाे छ।
कांग्रेसकाे केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बिपी स्मृति भवन, सानेपामा बसेकाे बैठकले गणतन्त्र दिवसका अवसरमा गरिने विभिन्न कार्यक्रमकाे निर्क्याेल गरेकाे हाे।
कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेकाे बैठकले ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएकाे छ। त्यस्तै क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रमसमेत आयाेजना गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।
जेठ १५ गते मनाइने गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते बिहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने कार्यक्रम तय गरिएकाे छ।
जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाइने पनि दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।