भैरहवा- आक्रमण भएपछि प्रहरीले जवाफी फायर गर्दा घाइते भएका धीरज धोवीको मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा प्रहरीमाथि आक्रमण भएपछि बिहिबार साँझ प्रहरीले जवाफी फायर गरेको थियो।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक धोवीलाई पक्राउ गरी नेपाल ल्याउने क्रममा आक्रमण भएको थियो।
सादा पोशाकका प्रहरीमाथि भारतीय पक्षबाट प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली रुपन्देहीका प्रहरीले जनाएको छ।
भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० वर्षीय धीरज धोवीले 'मेड ईन युएसए' लेखिएको अटोमेटिक पेस्तोल नेपाल ल्याउदै गर्दा प्रहरीले बोर्डर क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो।
पक्राउ परेपछि धोवी स्थानियसँग हार गुहार गरेका थिए। यसपछि स्थानियले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ।
उनको पेटमा गोली लागेको थियो।
घाईते धोवीको महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ।
स्थानीयको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।