काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) काठमाडौं मलको भाडाबापतको १२ करोड सञ्चय कोषमा नपुग्दै गायब, संघका पूर्वपदाधिकारी र कोषका कर्मचारीले करोडौं हिनामिनाको आरोप।
२) मलेसिया जाने कामदारको इएससी परीक्षण गर्न प्रतिबन्धित भेन्डर ’जिएसजी’मा सेवाग्राहीको भिड, धमाधम रकम असुली, ’शून्य लागतमा’ समझदारी गर्ने सरकार मूकदर्शक।
३) राष्ट्रिय प्रणालीमा जोडियो माथिल्लो त्रिशूली–थ्री ’ए’, आयोजनाको दोस्रो युनिट असारको दोस्रो हप्ताभित्र संचालनमा ल्याउने तयारी।
४) विश्व र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा ८२ अंकसहित नेपाल पाँचौ स्थानमा, नेपालभन्दा पछि आयोजक अस्ट्रेलिया, पहिलोमा ब्राजिल पहिलो।
५) र, अमेरिकामा साइबर हमलाको खतरा, राष्ट्रिय संकटकाल घोषणा, चीनले पनि लगायो ’विकिपीडिया’का सबै भाषा संस्करणमाथि प्रतिबन्ध।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।