पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक ‘वालेन डि ओर’को उपाधि जितेका छन्।
अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले विश्वको सर्वोकृष्ट फुटवलरको उपाधि उचालेका हुन्।
यो अवार्ड उनले लगातार दोस्रो पटक जितेका हुन्। उपधिसँगै रोनाल्डोले पाँच पटक अवार्ड जित्ने मेसीको कीर्तिमानी समेत बराबरी गरेका छन्।
फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रमकाबीच रोनाल्डोलाई बर्ष खेलाडी घोषित गरिएको हो ।
बार्सिलोनाका लियोनल मेसी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीका स्टार नेयमार समेत अवार्डका प्रवल दाबेदार मानिएका थिए ।
तर स्पेनिस क्लब रियाल मड्रिडलाई युएफा च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र युएफा सुपर कप जिताएका रोनाल्डोले अवार्ड हात पारे । उनले गत सिजन ४२ गोल गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।