काठमाडौं– काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।
बुधबार बेलुका ८ बजेतिर कालाेपुलस्थित प्रहरी बिट नजिकै एक युवतीमाथि एसिड प्रहार गरी फरार काभ्रे घर भएका २८ वर्षीय विष्णु भुजेललाई प्रहरीले गएराति नै पक्राउ गरेकाे हाे। उनलाई भक्तपुरकाे काँडाघारीस्थित सजसिटी अपार्टमेन्ट नजिकैबाट पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनको अनुहार, छाती, हातलगायतका अंग जलेकाे छ।
भुजेल जेनीका श्रीमान रहेकाे र घरायसी विवादका कारण आक्रमण भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।