डडेल्धुरा– अछाममा ट्रकको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा ट्रकको सहचालक अर्घाखाची घर भएका २० वर्षीय ओमबहादुर बैदाली रहेका छन्।
अछामबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्बरको ट्रकको ढोकाबाट खसेर बैदालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पञ्चदेवल विनायक नगरपालिकाको सीमा बेलखेतमा रहेको प्रहरी पोष्टमा बुधबार इन्ट्री गर्ने भनेर ढोकाबाट ओर्लने क्रममा खसेर उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि दैलेखको राकममा लैजाँदै गर्दा बाटोमै ज्यान गएको बेलखेत प्रहरी पोष्टका हवलदार रमेश नाथले जानकारी दिए।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।