काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) उद्योगमन्त्री मातृका यादव र कर्मचारी नेताबीच मन्त्रालयमै कुटाकुट, स्वकीय सचिवले घुस लिएर उपसचिवलाई विभागमा पठाएको आरोप।
२) संसद्मा दर्ता भएका ३ विधेयकमा कांग्रेसको आपत्ति, फिर्ता नगरे सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय, सरकार निरंकुशताको बाटोमा अघि बढेको आरोप।
३) मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन, नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन खानेपानी मन्त्रालयलाई सुझाव।
४) एएफसी कपका लागि १० खेलाडीमा सीमित पञ्जावसँग मनाङले जित निकाल्न सकेन, १–१ को बराबरीमै रोकियो।
५) र, अनिश्चित बनेको ब्रेक्जिट प्रक्रियाका कारण बेलायतको बेरोजगार दरमा कमी, ४५ वर्ष यताकै न्यून।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।