काठमाडौं- जिल्ला अदालत काठमाडौंले कस्तुरीको विनासहित पक्राउ परेका एक अभियुक्तलाई थुनामा पठाएको छ।
जिल्ला न्याायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खिमबहादुर घर्तीलाई फौजदारी कार्यविधि संहिताको दफा ६७ अनुसार स्थानीय कारागारमा पठाउने आदेश गरेको हो।
चस्माको खोलभित्र कस्तुरीको बिना
कस्तुरीको विना तस्करीका लागि स्कुटरको प्रयोगसहित चस्माको खोल गरिएको अवस्थमा प्रहरीले पक्राउ गरेको थियो।
स्कुटरको डिक्किभित्र राखी कस्तुरीको बिना बिक्री गर्न २०७५ चैत १७ गते काठमाडौ नयाँ बसपार्क पुगेका घर्ति रंगेहात पक्राउ परेका थिए।
बा ९३ प १७४३ को स्कुटरको डिक्कीमा कस्तुरीको विना प्रहरीले फेला पारेको थियो।
स्कुटर पार्किङ गरी खरिद गर्ने ग्राहक पर्खिरहेको अवस्थामा प्रहरीले घर्तीलाई पक्राउ गरेको थियो।
पार्किङ गरिराखेको उल्लिखित स्कुटरको डिक्की खोली हेर्दा ‘रेवन' लेखिएको कालो रङ्गको चश्माको खोलको चेन खोली हेर्दा नीलो प्लाष्टिकभित्र संरक्षित वन्यजन्तु कस्तुरीको विना फेला परेको थियो।
प्रतिवादीहरू खिमबहादुर घर्ती र देवीलाल गौचन अवैध रूपमा कस्तुरीको विना ओसारपसार गरी बिक्रीवितरण गर्ने कार्यमा संलग्न भएको देखिएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९ विपरीत कसूरमा मुद्दा दायर भएको थियो।
अभियोगपत्रमा सरिता पुनको नाउँमा रहेको बा ९३ प १७४३ नम्बरको स्कुटरबाट कस्तुरीको विना बरामद भएकोले उक्त स्कुटर समेत जफत गर्ने मागदाबी अभियोगपत्र गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।