डडेलधुरा- अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
नगरपालिकाको बा२झ ३६९४ नम्बरको जिपमा बुधबार बिहान २ बजेतिर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले बताए।
नगरपालिका भित्र नै राखिएको नगर प्रमुख (मेयर) चढ्ने जिप करिब १ बर्ष अगाडि १ करोड २० लाखमा खरिद गरिएको थियो। जिल्ला प्रहरीका अनुसार आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको र गाडी जलेर पूर्णरुपमा नष्ट भएकाे छ।
मंगलसेन बजारका स्थानीयले गाडीमा आगजनी भएको जानकारी प्रहरीलाई गराएपछि आफू स्वयम् घटनास्थलमा पुगेपछि गाडीमा लागेको आगो नियन्त्रणमा लिएको शाहीले बताए। रातिको समयमा आगजनी गरिएकाले कसले आगजनी गर्याे भन्ने अहिलेसम्म पत्ता नलागेको डिएसपि शाहीकाे भनाइ छ। (तस्बिर : रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।