जाजरकोट- जाजरकोट छेडागाड नगरपालिका-१२, कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले गएराति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए।
पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।