• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'टकिङ टिचर'को प्रभाव : सामुदायिक विद्यालयमा बोर्डिङ विलय

डडेल्धुराका ३७ विद्यालयमा टकिङ टिचर लागू 
64x64
नेपाल लाइभ बुधबार, जेठ १, २०७६  १९:०९
1140x725

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक विद्यालयमा विलय भएको छ।

सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म 'बोल्ने शिक्षा' अर्थात् 'टकिङ टिचर' लागू भएपछि गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा विलय भएका हुन्। 

गाउँपालिकाले एक कार्यक्रमकाबीच औपचारिक रुपमा तीन विद्यालय एकै विद्यालयमा समायोजन गरिएको हो।

गाउँपालिकामा रहेको मर्निङवेल इङ्लिस बोर्डिङ स्कुल र सरस्वती प्राथमिक विद्यालय जिमरोडालाई लाटागन्याप प्राथमिक विद्यालय मालीगाउँमा पठनपाठन हुने गरी समायोजन गरिएको हो। 

बढ्दै गइरहेको बसाईंसराई, विद्यार्थीको कम अनुपात तथा शैक्षिक गुणस्तर सुधारका कारण विद्यालयलाई समायोजन गरिएको विद्यालय स्रोतले बताएको छ। 

गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ।

नर्सरीदेखि कक्षा ३ सम्म सञ्चालनमा रहेको सो स्कुलमा गत शैक्षिक सत्रमा जम्मा ९० जना विद्यार्थी रहेको जनाइएको छ।

त्यसैगरी कक्षा १ देखि ३ सम्म सञ्चालनमा रहेको सरस्वती प्राथमिक विद्यालय जिमरोडामा गत शैक्षिक सत्रमा जम्मा ५ जना मात्र विद्यार्थी थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै कक्षा कक्षा १ देखि ५ सम्मको लाटागन्याप प्राथमिक विद्यालय मालीगाउँमा गत शैक्षिक सत्रमा जम्मा ४८ विद्यार्थी रहेको थिए।

सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले समायोजन गर्नुपरेको मर्निङवेल बोर्डिङ स्कुलका प्रिन्सिपल शेरबहादुर ऐरले बताए। 

‘संस्थागत विद्यालयमा जसरी गुणस्तरीय शिक्षा दिइएको थियो। त्यहीअनुसारको गुणस्तर सरकारी विद्यालयमा दिनुपर्छ भन्ने मान्यताले गर्दा हामी सबै मिलेका हौं,’ उनले भने, ‘ ‘संस्थागत विद्यालयकै गुणस्तर कायम गनुपर्छ भन्ने उद्देश्यले गाउँपालिकाको समन्वयमा हामी समायोजन भएका हौं।’

एकै स्थानमा धेरै विद्यालय रहेकोमा विद्यार्थीहरूको अनुपात कम भएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले अभियान थालेको जनाइएको छ। 

Xtrem

Xtrem

मर्निङवेल इंगलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको उनले बताए। 

अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्थी संख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उनको भनाइ छ।

‘यो समायोजनले गुणस्तरीय शिक्षामा टेवा पुग्छ। अन्य विद्यालयलाई समायोजनको प्रयास भइरहेका छ,’ उनले भने, ‘यो अभियान सफल भयो भने गाउँपालिकाको शैक्षिक गुणस्तर बढ्छ।’ 

शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ। विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरिने अध्यक्ष मल्लले बताए।

समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत रहने र आवश्यक परेका समुदायमा बाल विकास केन्द्र थपिने गन्यापधुराका शिक्षा इकाइले जनाएको छ। 

जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी संख्या कम भएर समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ। 

३७ सामुदायिक विद्यालयमा मेसिनमार्फत् पढाइ 
विद्यार्थीलाई पढाइमा आकर्षित गर्न सामुदायिक विद्यालयमा आधुनिक मेसिनको प्रयोग गर्न थालिएको छ। 

डडेल्धुराका ३७ सामुदायिक विद्यालयहरूमा मेसिनमार्फत अध्यापन भइरहेको छ। डडेल्धुराका ७ स्थानीय तह मध्ये गन्यापधुरा गाउँपालिको २४ वटै विद्यालयमा मेसिनमार्फत पढाइ भइरहेको गाउँपालिका अध्यक्ष नबल बहादुर मल्लले बताए। 

सदमुकामको एक विद्यालयमा टकिङ टिचर मेसिनमार्फत अध्यापन गराइ रहेको अमरगढी नगरपालिको शिक्षा शाखाले जनाएको छ। 

यस्तै नबदुर्गा गाउँपालिको २ वटा परीक्षणका रुपमा लागू गरेको र राम्रो भए सम्पूर्ण विद्यालयमा लागू गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कबेन्द्र विष्टले बताए। 

पछिल्लो समय सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै गएका बेला स्थानीय तहले विद्यालयमा मेसिनबाटै पढाउन सकिने प्रविधि भित्र्याएको हो।

यो प्रविधिमार्फत् विद्यार्थीलाई बुझाउन, सम्झाउन र पढाएको कुरा लामो समयसम्म स्मरण गराउन सहज हुने छ भने स्पेलिङ इरर र उच्चारणको समस्या समाधान हुने हुदाँ शिक्षकलाई पनि सजिलो हुनेछ। 

निलो रङको डल्फिन जस्तो देखिने टकिङ पेनले अक्षर छोएर विद्यार्थीलाई पढाउन सकिन्छ।

दुईहजार शब्द अंग्रेजी र एकहजार शब्द नेपाली युकेजीमा अध्यनरत विद्यार्थीले तीनहजार शब्द अंग्रेजी र पन्ध्र सय शब्द नेपालीमा भिडियो र अडियोसहित सिक्न सक्ने क्रियटिभ एडुटेन्मेन्ट वर्ल्डका व्यवस्थापक बासुदेव सुवेदीले बताए।

विद्यार्थीको पढ्ने सिपको विकास गराउन, सुनाइका आधारमा लेख्न सक्ने बनाउनका लागि यो प्रविधि अन्तर्गत ’नेपाली’ र ’अंग्रेजी’ दुवै भाषामा अलग–अलग पाठ्यपुस्तक रहेको सुवेदीले जानकारी दिए। 

यसमा कुन भाषामा पढ्ने भन्ने विकल्प भएकाले शिक्षकलाई पनि उपयोगी हुने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट]
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्