राजविराज– सप्तरीको एक सामुदायिक विद्यालयबाट बालबालिकाको खाजा सामग्री चोरी भएको छ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित राष्ट्रिय प्राथामिक विद्यालय बेल्हा तिलेबोनाबाट खाजासहित एक लाख बराबरको सरसामान चोरी भएको प्रधानाध्याक तारणी प्रसाद चौधरीले जानकारी दिए।
सोमबार राति विद्यालयको झ्याल ढोका फुटाएर चोरी गरिएको उनले जानकारी दिए। बालबालिकाको खाजा सामग्री समेत चोरी हुनु दुःखद् भएको चौधरीले बताए।
विद्यालय पूर्वपश्चिम राजमार्गदेखि एक सय मिटर र सशस्त्र प्रहरी बलको बेसक्याम्पको दुई सय मिटर दुरीमा छ।
विद्यालयमा यो सहित तेश्रो पटक चोरी भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।