बन्ने भयो फिल्म 'कबड्डी कबड्डी कबड्डी’

नेपाल लाइभ | २०७६ बैशाख ३१ मंगलबार | Tuesday, May 14, 2019 १७:०७:०० मा प्रकाशित

काठमाडौं– फिल्म ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण घोषणा भएको छ।

सोमबार साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक घोषणा गरिएको हो।

फिल्मलाई यस अघिका दुईवटा सिरिजका निर्देशक राम बाबु गुरुङले निर्देशन गर्नेछन्। स्वजातीय विवाह र अन्र्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्व रहने फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लखेका हुन्।

फिल्ममा अभिनेता दयाहाङ राई, कर्मा शाक्य, अभिनेत्री उपासना सिंह ठकुरीसँगै, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका स्टार कलाकारहरूको अभिनय रहने छ। 

बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई शैलेन्द्र डि कार्कीले खिच्नेछन्।

आँउदो जेठ ५ गतेबाट छायांकनका लागि फ्लोरमा जाने फिल्ममा ‘कबड्डी कबड्डी कबड्डी’मा रंगकर्मी अनुप बराल कोचका रुपमा रहेका छन्। 

भदौ निर्माण युनिटका अनुसार फिल्मलाई उपयुक्त समय हेरेर भदौ देखी तिहार सम्ममा प्रदर्शनमा ल्याइनेछ।

निमेश श्रेष्ठलको सम्पादन रहने फिल्ममा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहने छ।