काठमाडौं- भारत हुँदै तेस्रो मुलुकको यात्रामा वा वैदेशिक रोजगारमा जाने नेपालीहरुले भारतीय अध्यागमनबाट लिनुपर्ने 'इमिग्रियसन क्लियरेन्स'का लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) लिनुपर्ने भएको छ।
पछिल्लो समय भारतको बाटो हुँदै तेस्रो मुलुक अवैधानिक रूपले जाने नेपालीहरूको संख्या बढ्न थालेसँगै दूतावासले 'नो अब्जेक्सन लेटर' लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो।
दूतावासको नो अब्जेक्सन लेटरका लागि भारतको बाटो हुँदै तेस्रो मुलुक जाने नेपालीहरूले भारतस्थित नेपाली दूतावासमा सम्पर्क गर्नुपर्ने दूतावासले सूचना जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।