राजविराज- भन्सार छली गरी अवैध रुपमा सामान ओसारपसार गर्ने एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
करिब ५ लाख मूल्य बराबरको सामानसहित मंगलबार प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका-६ का ३० वर्षीय दीपक रामलाई प्रहरीले पक्राउ गरेको हो।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-१ स्थित नेपाल–भारत सिमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो।
रामको साथबाट सामान ओसारपसारमा प्रयोग गरिएको को २४ प ८४५१ नम्बरको मोटरसाईकल, कपडा, पाउडर दूधलगायतका सामान वरामद भएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
रामलाई मोटरसाईकल र सामानसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सप्तरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।