• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'स्वास्थ्य तथा जनसंख्या उपसिमितिको प्रतिवेदन' बुझ्दै मन्त्री यादवले भने– औषधि प्रदर्शन नगरौं

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३१, २०७६  १२:२२
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पसलमा औषधि राखिने प्रक्रियाबारे पनि प्रश्न उठाएका छन्। मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको 'स्वास्थ्य तथा जनसंख्या उपसिमितिको प्रतिवेदन' बुझ्दै मन्त्री यादवले आफ्नो धारणा राखेका थिए। 

'प्रायः औषधि पसल टिनको छानामुनि र दक्षिणतर्फ फर्काएर राखिन्छ। यसले गुणस्तरलाई नष्ट गर्छ', उनले भने, 'यसलाई सच्याउन जरुरी छ।'

विदेशतिर औषधि पसलमा औषधि प्रदर्शन गर्न नपाइने भन्दै उनले डाक्टरको सिफारिसबिना औषधि कहीँ पनि नदिइने गरेको बताए। 'तर नेपालमा भने पान दोकान र किनारा दोकानमा पनि औषधि पाइने अवस्था छ। उनीहरुले डाक्टरको सिफारिस बिना औषधि बेच्छन्', उनले भने, 'यहाँ पनि पसलले औषधि प्रदर्शन गर्न नपाउने व्यवस्था हुनुपर्छ। प्रदर्शन गर्दा त्यसको गुणस्तर नाश हुन्छ। आवश्यक वातावरणमा मात्रै औषधि राख्नुपर्छ।'

यस्तै उनले सरकारले नि:शुल्क वितरण गर्ने औषधि संघीय सरकारले नै किन्नुपर्ने बताएका छन्।

संघीय प्रणालीको अभ्यास सुरु भएसँगै नि:शुल्क वितरण गरिने औषधि स्थानीय, प्रदेश र संघीय सरकारले खरिद गर्ने गरेका छन्। मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको 'स्वास्थ्य तथा जनसंख्या उपसिमितिको प्रतिवेदन' बुझ्दै मन्त्री यादवले आफ्नो धारणा राखेका थिए।

'औषधि किन्नका लागि संघीय सरकारसँग हुने बजेट अहिले प्रदेश सरकारसम्म पुगेको छ। उनीहरुले किन्न नसक्ने अवस्था छ। किने पनि कहाँ राख्ने भन्ने समस्या छ। प्रदेशहरुले कम मूल्यमा किनेको औषधिको गुणस्तरमा शंका हुन्छ। अर्कोतिर मिति गुज्रन आँटेका औषधि किनिन्छ। उपभोग नहुँदै मिति सकिन्छन्। यसले कठिनाइ थपेको छ', मन्त्री यादवले भने, 'प्रतिष्ठित कम्पनीबाट सिधै सरकारले किन्ने हो भने जनताले ६० प्रतिशतसम्म सस्तो पाउँछन्। त्यसले गुणस्तर पनि सुनिश्चित गर्छ।'

उनले खरिद प्रक्रियामा पनि समस्या रहेको र त्यसले अप्ठ्यारो पारेको बताए। खरिद ऐनमा स्वास्थ्यको सम्बन्धमा परिवर्तनको आवश्यकता रहेको उनले औंल्याए। 'अरु सामान किनेको जस्तै गरी औषधि किन्नुपर्ने अवस्था छ', उनले भने।

उनले स्वास्थ्य क्षेत्रमा छुट्याइने बजेट रकम पनि अपुग भएको बताए। 'अहिले हामीले पाउने बजेट कुल बजेटको ४ दशमलव ४ प्रतिशत छ। ४ प्रतिशत कर्मचारीको तलब र भत्तामा खर्च हुन्छ', उनले भने, 'बाँकी शून्य दशमलव ४ प्रतिशतले विकास गर्नुपरेको छ। यहाँ पीडा छ।'

Ncell 2
Ncell 2
nimb
nimb

उपसमितिको यस्तो सुझाव
०७५ मंसिर २ गतेको निर्णयबाट गठन भएको सात सदस्यीय उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष पेस गरेको हो।

खगराज अधिकारी, उमाकान्त चौधरी, गगन थापा, मनकुमारी जिसी, भैरवबहादुर सिंह, नवीना लामा तथा नारायणप्रसाद मरासिनी सदस्य रहेको उपसमितिले २७ बुँदे सिफारिस/सुझाब प्रस्तुत गरेको छ।

बैठकमा समितिका संयोजक अधिकारीले अध्ययनका क्रममा देखिएका विविध समस्याको चर्चा गर्दै सुझाब पढेर सुनाएका थिए।

'स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थाहरुको सरकारले तोकेको समयमा नियमित रुपमा सञ्चालन र परिचालनको व्यवस्था गर्नुपर्ने', प्रतिवेदनमा भनिएको छ।

Xtrem

Xtrem

प्रतिवेदनमा स्वीकृति नलिई सञ्चालनमा रहेका औषधि पसल, क्लिनिक, … र अन्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरु नियम बमोजिम मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ।

'औषधि, उपकरणको खरिद कार्यलाई व्यवस्थित बनाउन सरल र भरपर्दो व्यवस्था गर्ने', प्रतिवेदनमा भनिएको छ, 'औषधि, एजेन्ट र उपकरणको गुणस्तरीयता बढाउने।'

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट]
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्