काठमाडाैं- चितवनका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले कलेजो प्रत्यारोपणका लागि अनुमति पाएका छन्।
स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले दुवै कलेजलाई पत्र दिँदै सर्तसहित प्रत्यारोपणका लागि अनुमति दिएको हो। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले यी दुवै कलेजलाई अनुगमन गरी पूर्वाधार हेरेर अनुमति दिएको बताए।
यसअघि दुवै मेडिकल कलेजले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाइसकेका छन्। अनुमति पाएपछि चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा हरिषचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी अगाडि बढाइएको र छ्ट्टिै नै प्रत्यारोपणमा जाने बताए।
यी दुई मेडिकल कलेजसँगै कलेजो प्रत्यारोपणका लागि अनुमति पाउने अस्पतालको संख्या ४ पुगेको छ। कलेजो प्रत्यारोपणका लागि अनुमति पाउने सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।