काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले १५ लाख ९० हजार ५ सय प्रतिबन्धित भारतीय रुपैयाँसहित छ जनालाई पक्राउ गरेको छ।
नेपाल तथा भारतमा कारोवार गर्न बन्देज गरिएको भारतीय एक हजार र ५ सय दरका नोट बोकी विभिन्न प्रलोभन देखाइ सर्वसाधारणलाई ठगी गर्न सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई कामपा–१६ नयाँबजारस्थित होटल मेट्रो इनबाट गए राति पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का २१ वर्षीय शम्भु परियार, दोलखाको तामाकोशी गाउँपालिका–३ का २३ वर्षीय रामविक्रम खड्का, कास्कीको पोखरा महानगरपालिका–५ का ४० वर्षीय सन्तोष थाापा, बागलुङको बडिगाड गाउँपालिका–५ का ३२ वर्षीय नवीन थापा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का ३६ वर्षीय राजेन्द्र तामाङ र सोही ठाउँका ३७ वर्षीय धनध्वज तामाङ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।