काठमाडौं– सोमबारको प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) भ्रमण/खाजा खर्च र बैठकभत्ता वितरणमा मितव्ययिता अपनाउन विद्युत प्राधिकरणको सर्कुलर, स्वीकृत बजेटको परिधिभित्र रहने गरी मात्रै खर्च गर्न परिपत्र।
२) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अर्थ मन्त्रालयद्वारा रातारात ७० करोड निकासा, निर्माण कार्य पुनः सुचारु।
३) कागजपत्र नक्कली भएपछि कुवेत हिँडेका ४३ नेपाली विमानस्थलबाटै फर्किए, ५० लाख ठग्ने पक्राउपछि छाडिए, पीडितको रकम फिर्ता भएन।
४) अन्तिम बलमा मालिङ्गाले विकेट लिएपछि मुम्बई च्याम्पियन, चौथो पटक उपाधि उचाल्यो, चेन्नई सुपरकिंग्स १ रनले पराजित।
५) र, श्रीलंकाले फेरि लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध, फेसबुकमा व्यक्त विचारले हिंसालाई प्रोत्साहन गरेको सरकारको बुझाइ, त्रास कायमै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।