जनकपुर– बर्दिवास नगरपालिका ४ मा गए राति भएको ट्रक र ट्रिपर दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार मृत्यु हुनेहरूमा सिन्धुली तिनपाटन नगरपालिका २ बस्ने वर्ष २४ वर्षीय दिनेश मानन्धर र सोही ठाउँ बस्ने २४ वर्षीय नवीन मोक्तान रहेका छन्।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फको सडक मार्गमा बिग्री रोकेर मर्मत गर्दै गरेको अवस्थामा बा ५ ख ४२२२ नम्बरको ट्रिपरलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३०२० नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उनीहरूको घट्नास्थलमा नै मृत्यु भएको हो।
मृतकहरु ट्रिपर चालक र सहचालक रहेका छन्।
मृतकको लास पोष्टमार्टमको लागि अञ्चल अस्पताल जनकपुरमा राखिएको छ।
दुर्घटनामा परी ट्रक चालक विराटनगरका ४२ वर्षीय नवराज राउत र ट्रिपरमा सवार यात्री सिन्धुली तिनपाटन नगरपालिका २ का ३५ वर्षीय रमेश मानन्धर गम्भीर घाइते भएका छन्।
उनीहरूलाई थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।