जनकपुर– बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ।
मुख्यमन्त्री शेरधन राइले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपद्मा0 प्रदेश नं. १ ले सानो सहयोग गरेर प्रदेश नं. २को विपतमा सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए।
कार्यक्रममा प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए।
बारा पर्सामा चैत्र १७ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमालको क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।