किभ– इंग्लिस क्लब म्यानचेस्टर सिटीको २९ खेलको अपराजित यात्रा टुंगिएको छ। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा युक्रेनको शख्तर डोनेक्टले सिटीलाई २–१ ले पराजित गरेको हो।
इंग्लिस लिग लिडर सिटी गत अप्रिलदेखि अपराजित थियो। गत वर्षको अप्रिल २३ मा एफए कपको सेमिफाइनलमा आर्सनलसँग हार ब्यहोरे यता सिटीले कुनै पनि खेल गुमाएको थिएन।
सिटीलाई पराजित गर्ने क्रममा शख्तरका बेनार्डले २६ र इस्माइलीले ३२ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको अन्तिम मिनेटमा अग्युरोले पेनाल्टीमार्तफ गरेको गोल सान्त्वनामै सीमित बन्यो।
पराजयका बावजुद सिटी १५ अंक जोडेर समूह 'एफ' को विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। १२ अंक जोडेको शख्तर उपविजेता हुँदा ६ अंक जोडेको इटालियन क्लब नापोली बाहिरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।