काठमाडौं– आगलागीमा दुई घर जल्दा खोटाङमा साढे ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आइतबार ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घरमा आगलागी हुँदा सुवासको रु ६ लाख ८५ हजार र नरबहादुरको २ लाख ६९ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए।
नरबहादुरको घरबाट आगो सल्के पनि त्यसकाकारण खुल्न नसकेको र आगलागीमा परी घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएकाले दुई दलित परिवारको विचल्ली भएको छ।
आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए। पीडित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।