काठमाडौं– महानगरीय प्रहरी परिसरको टोलीले ठमेलको ब्लु-मुन होटलबाट प्रतिबन्धित भारतीय रुपैयाँ १६ लाखसहित ५ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
प्रतिबन्धित नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा हानेको प्रहरी १६ लाख भारुसहित ५ जनालाई पक्राउ गरेको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापामगर, धादिङका शम्भु परियार, काभ्रेपलान्चोकका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।