नयाँ दिल्ली (एजेन्सी)– राम्रो फर्ममा रहेका भारतका माथिल्लो क्रमका ब्याट्सम्यान चेतेश्वर पुजारा टेस्ट क्रिकेटमा यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। श्रीलंका विरुद्ध फिरोजशाह कोटला मैदानमा तेस्रो तथा अन्तिम टेस्टको चौथो दिन उनले सन् २०१७ मा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरे।
दक्षिण अफ्रिकाका डिन एल्गरलाई पछाडि छाड्न ७ रन आवश्यक रहेको अवस्थामा मंगलबार खेलेका पुजाराले ४९ रन बनाएका थिए। यसअघि एल्गर यो सिजन टेस्टमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अग्रस्थानमा थिए। एल्गरले यो सिजन १ हजार ९७ रन बनाएका छन्।
चेतेश्वरले यो वर्ष ११ टेस्टमा ६७ दशमलव ०५ को औसतमा १ हजार १ सय ४० रन पूरा गरेका छन्। यो वर्ष चार खेलाडीले एक हजार रन पूरा गरेका छन्, जसमा एल्गर र उनीबाहेक श्रीलंकाका दिमुथ करुणारत्ने र भारतीय कप्तान विराट कोहली हुन्।
एल्गरका लागि चेतेश्वरलाई पुनः पछाडि छोड्ने सुनौलो अवसर छ। दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्ध २६ डिसेम्बरदेखि टेस्ट खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।