जलालाबाद- अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीमा नौ जना विद्रोही मारिएका छन्।
कारबाहीका क्रममा इस्लामिक स्टेट्सका नौ आतंककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जनाएका हुन्। नान्गाहार प्रान्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतंककारीलाई लक्षित गरी कारबाही गरिएको थियो। उनीहरुलाई तालिबानका लडाकुले संरक्षण दिएको पनि खुलेको छ।
कारबाहीका क्रममा अफगान फौजले आइएस लडाकु लुकेर बस्ने गरेका दुई वटा बासस्थान समेत ध्वस्त पारिदिएको जनाइएको छ।
आचिन जिल्ला आइएस आतंककारी समूहको बलियो पकड क्षेत्र मानिन्छ। सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो। त्यस क्रममा दर्जनौं लडाकु मारिएका थिए। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।