धनगढी- धनगढीको एक चप्पल उद्योगमा आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकस्थित थ्री स्टार चप्पल उद्योगमा आगलागी भएको हो।
आइतबार बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ। धनगढी उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट ३५ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको सञ्चालक जगदीश जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।