तौलिहवा- कपिलवस्तुस्थित तौलिहवा-जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
गएराति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु९प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
मोटरसाइकललाई कुनै ठूलो सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीकाे अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।