खोटाङ- हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा ८ जना गम्भीर घाइते भएका छन्।
आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका रेनुका विष्ट, उनकी छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन्।
घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याएका थिए।
घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास–प्रश्वासमा समस्या देखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।