लन्डन (एजेन्सी)– प्रधानमन्त्री टेरिजा मेको हत्या योजनामा संलग्न भएको भन्दै दुई जनालाई बेलायती गुप्तचर विभाग (एमआई) ले पक्राउ गरेको छ। बेलायती प्रधानमन्त्री टेरिजाको हत्याको योजना इस्लामिक आतंकवादी संस्था आइएसले बनाएको थियो।
एमआईले यस कुराको पुष्टि गर्दै प्रधानमन्त्री मेको हत्याको योजना बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको बताएको हो। उनीहरुले प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटको प्रवेशद्वारलाई बमले उडाउने र प्रधानमन्त्रीलाई चक्कुले हमला गर्ने योजना बनाएका थिए।
गत साता लन्डन र बर्मिङ्घममा छापा मार्ने क्रममा सन्दीग्ध व्यक्ति पक्राउ परेको बताइएको छ। उनीहरुलाई वेस्ट मिनिस्टरको एक अदालतमा पेश गरिनेछ। सुरक्षा अधिकारीहरुले गत वर्षको मार्चदेखि हालसम्म ९ पटक प्रधानमन्त्री मेलाई मार्ने योजना बनेको र ती सबै योजना विफल भएको बताएका छन्।
प्रधानमन्त्री माथि आक्रमण हुन सक्ने पछिल्लो योजनाको विषयमा मार्च र जुनमा बेलायतमा बसेको आतंकवादी हमलासम्बन्धी रिपोर्टको आदानप्रदान पछि पत्ता लागेको हो। एमआई–५ का प्रमुख एन्ड्रयु पार्करले मंगलबार क्याबिनेटलाई यसको जानकारी दिएका छन्। महानगरीय प्रहरीले उत्तर लन्डनबाट २० वर्षीय एन जकारिया रहमान र बर्मिङ्घमबाट २१ वर्षीय मोहम्मद आकिब इमरानलाई आतंकवादी हमलाको योजना बनाएको आरोपमा पक्राउ गरिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।