जनकपुर– जनकपुरमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन्।
जनकपुर उपमहानगरपालिक–४ पुरानो बसपार्क नजिकैको एक घरमा जनकनन्दनी गाउँपालिका–३ का महेन्द्र पण्डितकी १९ वर्षीया छोरी प्रमिलाले झुण्डिएर आत्महत्या गरेकी हुन्।
घरधनी पंकज मिश्रका अनुसार प्रमिला हिजो मात्र घरबाट आएकी थिइन्।
उनी सिन्हा हेल्थ केअरमा अनमीमा अध्ययनरत थिइन्। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।