काठमाडौं– लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
वर्दिया मधुवन नगरपालिका–५ श्रीकृष्ण सामुदायिक वनस्थित सडक खण्ड किनारामा लागुऔषध ब्राउन सुगर कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मधुवन–६ बस्ने ३२ वर्षीय दिनेशकुमार बोहरा, वडा नं ५ बस्ने १९ वर्षीय सुशील भारती र सोही ठाँउ बस्ने १९ वर्षीय पुष्कर शाही रहेका छन्।
उनीहरूलाई लागुऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारी १२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।