काठमाडौं– आइतबारको प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) प्रतिनिधिसभामा पूर्व बजेटबारे छलफल सुरु, विद्वान अर्थमन्त्रीले आफैंमाथि न्याय गर्न नसकेको पूर्वप्रधानमन्त्री भट्टराईको दाबी।
२) मिडिया काउन्सिल सम्बन्धी विधेयक संविधानको प्रस्तावनाकै मर्म प्रतिकूल भएको कांग्रेसको ठहर,विधेयक पास भए पत्रकारमाथि ‘कु’ हुने सभापति देउवाको भनाइ।
३)आमसञ्चार विधेयक अझै कडा, जरिवाना मात्रै एक करोडसम्म, दर्ता नगरी अनलाइन चलाए १५ लाख जरिवाना।
४)आइपिएल उपाधिका लागि मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीचको खेल आज, जारी सिजनमा दुई समूहबीचको यो चौथो प्रतिस्पर्धा।
५) र,पाकिस्तानको फाइभ स्टार होटलमा बन्दुकधारीहरुद्वारा आक्रमण, बलुचिस्तान लिबरेसन आर्मीको माजिद ब्रिगेडले लियो हमलाको जिम्मेवारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।