काठमाडौं– नेपालले ४ रनको अन्तरमा दोस्रो विकेट गुमाएको छ। कप्तान पारस खड्का आउट भए लगत्तै आरिफ शेख खाता नखोल्दै रन आउट बन्न पुगेका छन्।
नेपालले १ सय २२ रनमा पारसलाई गुमाएको थियो। १ सय २६ रनमा नेपालले चौथो विकेटको रुपमा आरिफलाई गुमायो। जाहुर खानको बलमा आरिफले राम्रोसँग ब्याटिङ गर्न नसक्दा बल पहिलो स्लिपमा गएको थियो। तर, बल नहेरी दौडिएका उनी डाइरेक्ट थ्रो को सिकार भए।
नेपालले ३६ दशमलब २ ओभरमा चौथो विकेट गुमाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।